बन्दाबन्दीमा इन्टरनेट चलाउने बढे, धेरै प्रयोग हुनेमा युट्युब र गेम
गोरखापत्र अनलाइन ,
बैशाख १४, २०७७ आईतवार
बन्दाबन्दीको समयमा ३४.५३ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक चार देखि छ घण्टा इन्टरनेट प्रयोग गर्ने गरेको छ भने १० देखि १२ घण्टा सम्म १५.२ प्रतिशतले प्रयोग गर्ने गरेको पाइएको छ । बन्दाबन्दीभन्दा अगाडि २६.९५ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक ४ देखि ६ घण्टासम्म र भने १० देखि १२ घण्टा सम्म ४.५ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेका थिए ।