अख्तियारद्वारा हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
गोरखापत्र अनलाइन
माघ १२, २०७८ बुधबार
नेपाली राष्ट्रिय फुटबल टोलीमा पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । हाल अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला विभागका प्रमुख समेत रहनुभएका खड्कामाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोप लागेको छ ।