नियुक्त भएको केही घण्टापछि स्वीडेनमा प्रधानमन्त्रीद्वारा राजीनामा
गोरखापत्र अनलाइन
मंसिर ९, २०७८ बिहीबार
स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टापछि राजीनामा दिनुभएको छ । सरकारमा सहभागी पार्टीले अलग भएकाे घाेषणा गरेपछि उहाँले राजीनामा दिनुभएको हो ।
स्वीडेनमा एक गठबन्धन दल बाहिरिएपछि स्वतः प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने संवैधानिक प्रावधान भएकाले उहाँले राजीनामा दिएकाे भनाइ राख्नुभएकाे छ ।