बेलायतमा सङ्क्रमणबाट मृत्युदर बढ्न थाल्यो, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन सुझाव
रासस / सिन्ह्वा
कार्तिक ३, २०७८ बुधबार
बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको सङ्ख्यामा पनि बृद्धि भएको छ । यहाँ गएको २४ घन्टामा कम्तीमा पनि २२३ जनाको ज्यान गएको छ ।यो मृत्यु यसै वर्षको गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो । सात महिनाअघि त्यस दिन यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि २३१ जनाको ज्यान गएको थियो ।
उता यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् । मंगलबार यहाँका सङ्क्रमितहरु...