अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल
रासस
आश्विन २, २०७८ शनिबार
अर्जेन्टिनाको मन्त्रिपरिषद्मा शुक्रबार फेरि फेरबदल गरिएको छ । राष्ट्रपति अल्बेर्टो फेर्नान्डोजले नयाँ राजनीतिक संकट उत्पन्न भएसँगै मन्त्रिपरिषद्मा पुनः हेरफेर गर्नु भएको जनाइएको छ ।
नयाँ मन्त्रिपरिषद्मा अनिबाल फर्नेन्डोजले सुरक्षा, जुलियन डोमिन्गुजले कृषि, जोन पेर्जाक्सले शिक्षा र डानियल फिल्मुसले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेबारी पाउनु भएको छ ।