विकास र समृद्धिका सपनाहरु यथार्थमा रुपान्तरित हुँदै
रासस
फाल्गुन २, २०७६ शुक्रबार
सशस्त्र द्वन्द्व र राजनीतिक अस्थिरताको चक्रमा फसेको समयमा पनि नेपालमा विकास र समृद्धिका सपनाहरु देखाइएका थिए । ती सपनाले कहिले साकाररुप पाउने भन्ने कुनै सुनिश्चितता थिएन । निरन्तर हत्या, हिंसा र छिटोछिटो सरकार परिवर्तनको खेलले विकास निर्माणबारे नेताहरुका भाषण व्यवहारमा रुपान्तरित हुन सकेका थिएनन् भने विश्व परिवेशमा नेपालको परिचय अविकसित र द्वन्द्वग्रस्त मुलुकका रुपमा हुन थालेको थियो ।