प्राथमिकतामा जलाशययुक्त सुनकोसी–३
गोरखापत्र अनलाइन ,
माघ १४, २०७६ मंगलवार
काभ्रेको तिमाल गाउँपालिका र रामेछापको सोनापानी गाउँपालिकाको सिमानामा बनाउन प्रस्ताव गरिएको जलाशययुक्त सुनकोसी–३ जलविद्युत् आयोजनालाई सरकारले प्राथमितामा राखेर अगाडि बढाउने भएको छ । मुख्य लोड सेन्टर राजधानी काठमाडौँ नजिक बनाउन खोजिएको सो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन आगामी मङ्सिरमा सकिने विद्युत् विकास विभागले जनाएको छ ।