मानव अधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्छु : अध्यक्ष शर्मा
गोरखापत्र अनलाइन ,
मंसिर २९, २०७६ आईतवार
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिएको ११आँै मानव अधिकार राष्ट्रिय महाभेला–२०७६ समापन समारोहमा आज उहाँले आफ्नो कार्यकाल करीब १० महिना मात्र भए पनि बाँचुन्जेलसम्म मानव अधिकारका लागि काम गर्ने बताउनुभयो ।