चिरीमायाको २० वर्ष, परालका त्यान्द्रा बटार्दै कसिला सामान बनाउँदै
सनम महर्जन
पुष ६, २०७८ मंगलवार
ललितपुरको सिद्धिपुर देबननी चोकको सानो मन्दिर छेउमा पुग्दा पुसको पारिलो घाममा पिठ्युँ फर्काएर केही महिला आफ्नो काममा तल्लीन छन् । हल्का भिजाइएका परालका त्यान्द्रा जोडेर तीनजना महिला आफ्नै सुरमा काम गरीरहनु भएको छ । फुर्सदको समयमा सुकुल चकटी लगायतका विभिन्न खाले सामग्री बनाउनु सिद्धिपुरका बासिन्दाको दैनिकी नै हो ।