रासस ६१औँ वर्षमा : फागुनभित्रै ‘भिडियो’ सेवा सञ्चालन हुँदै
रासस
फाल्गुन ७, २०७८ शनिबार
मुलुकको एकमात्रै सत्य, तथ्य, आधिकारिक, निष्पक्ष र विश्वसनीय समाचार समिति, राष्ट्रिय समाचार समिति (रासस) ६१औँ वर्षमा प्रवेश गरेको छ । ६१औँ वर्षमा प्रवेश गरेसँगै राससले आफ्नो सेवा विस्तारलाई जोड दिएको छ । राससले यही फागुन महिनाभित्रमा ‘भिडियो’ सेवा सञ्चालन गर्ने भएको छ ।
६१औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा भिडियो सेवा...