तस्बिरमा राष्ट्रपति भण्डारीकाे मुस्ताङ भ्रमण
गोरखापत्र अनलाइन
कार्तिक १३, २०७८ शनिबार
हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पुजा अर्चना र दर्शनका लागि राष्ट्रपति बिद्यादेवि भण्डारी मुस्ताङको सदरमुकाम जोमसोम पुग्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत राष्ट्रपति भण्डारी जोमसोम पुग्नुभएको हो । बिहान ८ बजेर ५५ मिनेटमा नेपाली सेनाको ब्यारेकमा राष्ट्रति सवार हेलिकोप्टर ल्याण्ड भएको जोमसोम विमानस्थलका प्रमुख पुस्कल राज शर्माले जानकरी दिनुभयो ।