दुर्घटना टार्न देवीलाई ऐना, पाँच हजार ऐना चढाइयो
गोरखापत्र अनलाइन
भाद्र ४, २०७८ शुक्रबार
साँघुरो सडक, त्यही सडकको भित्तामा सेती देवीको मन्दिर । मन्दिर वरपर हजारौंको सङ्ख्यामा ऐना । बीपी राजमार्ग हुदै यात्रा गर्ने जोकोही व्यक्तिले पनि यतिखेर सुनकोशी गाँउपालिका–५ रिठ्ठेभीरमा यही दृश्य देख्न पाउँछन् ।
बीपी राजमार्गमा ठुलाठूला दुर्घटना हुन थालेपछि उक्त दुर्घट्नालाई टार्न भन्दै यात्रुहरुले उक्त देवीको नाममा यसरी ऐना चढाउन थालेका स्थानीयको भनाई छ । २०६८ सालमा सोही ठाँउमा चार वटासवारी दुर्घटना भएका थिए...