अशक्तले पाए घरमै नागरिकता, पाएपछि अशक्त साउद हुनुभयाे खुसी
गोरखापत्र अनलाइन
असार २२, २०७८ मंगलवार
केही वर्ष अघि दुई चार दिन लगाएर नागरिकता लिँदै गरेका बाजुराका अधिकांश स्थानीयवासी पछिल्लो समयमा गाउँमै नागरिकता पाउन थालेका छन् । बाजुराका अधिकांश गरिब, दुःखी, अपाङ्ग, असक्तहरुले शारीरिक तथा आर्थिक समस्याका कारण जिल्ला सदरमुकाम मार्तडीमा आएर नागरिकता लिन निकै सास्ती खेप्दै आउनुपरेको छ ।
अहिले त्यो समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय बाजुराका नौ वटै स्थानीय तहमा पुगेर उनीहरुको घर आँगनमै सेवा दिन थालेपछि...