सन्थाल समूदायमा सुरहाई पर्व धुमधामका साथ मनाईंदै
गोरखापत्र अनलाइन
माघ ४, २०७७ आईतवार
झापा मोरङ र सुनसरीमा बसोबास गर्ने सन्थाल समूदायले यति बेला सुरहाई पर्व धुमधामका साथ मनाइरहेका छन् ।
प्रत्येक एक वर्षमा आउने यस पर्व माघ र फागुन महिनाको बिचमा पर्ने गर्छ ।
सात दिन सम्म चल्ने यस पर्वको पहिलो दिनदेखि आफ्ना छोरी, ज्वाईंलाई बोलाएर मिष्ठान भोजनसहित परम्परा अनुसारको मिठो मसिनो खानेकुरा खुवाउने प्रचलन छ । यस पर्वमा हार्माेनियम, ढोलकसहित सन्थाल परम्पराका साथ नाचगान समेत गरिने स्थानीय लुखिराम हेमरमले बताउनुभयो...