पारिश्रमिकबाट घाइतेलाई उचार खर्च
रासस
आश्विन १९, २०७६ आईतवार
सडक निर्माणको काम गर्दा लडेर घाइते भएका एक जनालाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले रु २१ हजार उपचार खर्चस्वरुप सहयोग गर्नुभएको छ । सडक निर्माणको काम गर्दै गर्दा लडेर घाइते गाउँपालिका ४ का अम्मरबहादुर सिंहलाई आफूले गाउँपालिकाबाट पाउने पारिश्रमिकबाट उपचार खर्च सहयोग गरेको अध्यक्ष थापाले बताउनुभयो ।