हप्तामा दुई दिन बिदाको सुझाव, एक अर्ब ६५ करोड बचत
गोरखापत्र अनलाइन
मंसिर २६, २०७७ शुक्रबार
हप्तामा दुई दिन सार्वजनिक बिदा हुँदा विभिन्न शीर्षकका खर्च कटौती हुनेदेखि उत्पादकत्व वृद्धि हुनेजस्ता सकारात्मक प्रभाव पर्ने सरकारी समितिको निष्कर्ष छ । दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न गठित समितिले यस्तो प्रावधानले सरकारको उल्लेख्य खर्च घटाउने हिसाब निकालेको हो ।
दुई दिन बिदा हुँदा इन्धन, विद्युत्, पानी तथा सरसफाइ, यातायात शीर्षकमा करिब १६ देखि २० प्रतिशतसम्म खर्च कटौती गर्न सकिने समितिले तयार...