जुर्मुरायो चितवनमा पर्यटन
गोरखापत्र अनलाइन
कार्तिक २४, २०७८ बुधबार
कोरोनाले शिथिल बनेको चितवनको पर्यटन क्षेत्र अहिले जुर्मुराउन थालेको छ । चितवनको सौराहा, पश्चिम चितवनको पटिहानी, मेघौलीमा अहिले पर्यटक भरिन थालेको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । दशैँको बिदाबाट आन्तरिक पर्यटक आउन थालेका चितवनमा अहिले त्यो क्रम नरोकिएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो ।
“कोरोनाले होटल बेच्नपर्ने अवस्थामा आएको थियो, अहिले थोरै मात्रामा भए पनि राहत मिलेको...