यसरी हुँदै छ मेलम्चीको पानी वितरण
30 Mar
मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा हिजोदेखि वितरण भएको छ । उक्त पानी महाकाँल चौरस्थित पोखरीबाट वितरण गरिएको थियो । यस क्षेत्रबाट वितरण हुने पानी नियमित रुपमा वितरण हुन एक हप्ता समय लाग्ने भएको छ । पानी वितरणबारे दृश्यमा केशव गुरूङ र दृश्य सम्पादन मनाेजरत्न शाहीले तयार गर्नु भएकाे दृश्य समाचार ।
यसरी हुँदै छ गैँडा गणना
30 Mar
विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडाको राष्ट्रिय गणनाका छैठाैँ संस्करण सोमबारबाट सुरु भएको छ । यसअघि सन् २०१५ मा राष्ट्रिय तहमा गैँडा गणना भएको थियो । गैँडा गणनाबारे हाम्रा मकवानपुर समाचारदाता शिवकुमार काशीले पठाउनु भएकाे दृश्य समाचार । दृश्य सम्पादन मनाेजरत्न शाही ।
ठडिदै काष्ठमण्डप
30 Mar
काष्ठमण्डप आगामी वैशाख महिनामा सक्ने गरी तीव्ररूपमा काम भइरहेको छ । निर्माणअन्तर्गत अहिले छानो छाउने काम भइरहेको छ । काठ, माटो र झिँगटीबाट छानोको काम भइरहेको छ । निर्माणका लागि अहिले दैनिक ३५ कामदारहरूले नियमितरूपमा काम गरिरहेका छन् । हाम्रा प्रशिक्षाथी पत्रकार क्षितिज शवाकाेटी र मनाेजरत्न शाहीले तयार गर्नुभएकाे दृश्य समाचार ।
काेराेनाबीच काठमाडाैंमा जम्याे हाेली
30 Mar
काेराेना संक्रमणकाे दाेस्राे लहरकाे सम्भावनाबीच राजधानीमा युवाले जमेर हाेली पर्व मनाए । वसन्तपुर नयाँ सडक लगायतका क्षेत्रमा ठूलाे संख्यामा युवाकाे उपस्थित रहेकाे थियाे । हाम्रा फाेटाेपत्रकार मनाेजरत्न शाही र केशव गुरूङले तयार गर्नु भएकाे दृश्य समाचार
याे वर्ष मलकाे अभाव हुँदैन
31 Jan
बर्सेनि हुने रासायनिक मलको अभाव यस पटक हुन नदिने चुनौती कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई छ । त्यो चुनौती पार गर्न मन्त्रालयले सम्पूर्ण शक्ति लगाइरहेको छ र आगामी साउन–भदौमा रासायनिक मलको अभाव हुँदैन भन्ने दाबी गर्दै आएको छ । त्यसका लागि तत्कालीन र दीर्घकालीन तयारी गरेको बताइएको छ । मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीसँग सुरेशकुमार यादवले गर्नुभएको दृश्य अन्तर्वार्ता । दृश्यमा मनाेजरत्न शाही
धार्मिक महत्व बोकेको पर्यटकीय क्षेत्र त्रिवेणीधाम ओझेलमा
20 Jan
धार्मिक तथा पर्यटकीय महत्वको त्रिवेणीधाम ओझेलमा पर्दै आएको छ । नवलपरासी पूर्व (नवलपुर) बिनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने त्रिवेणीधाम ( त्रिवेणी क्षेत्र ) गण्डकी प्रदेशकै एक महत्वपूर्ण तिर्थस्थल हो । तर, यसको उचित प्रचार प्रसार र विकास भने हुन सकेको छैन । जसका कारण यो क्षेत्र आझेलमा पर्दै आएको छ ।
तीन नदी नारायणी (गण्डकी), सोनाभद्र र पूर्णभद्रको संगमस्थल भएकाले यस क्षेत्रको नाम त्रिवेणी रहन गएको हो । यहाँ विभिन्न धार्मिक मठमन्दिरसँगै मनोरम दृष्य अवलोकन गर्न पाईने हुँदा यहाँ पुग्न जो कोहीको मनमा शान्ति र आनन्दित हुने गर्दछ ।