म्यानमारकी नेत्री सुकीलाई चार वर्षे जेल सजायको फैसला
रासस / एएफपी
मंसिर २०, २०७८ सोमबार
म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ्साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरसविरुद्धको नियमहरु उल्लङ्घन गरेको आरोपमा उहाँलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो ।
सुकीसँगै पूर्व राष्ट्रपति विन मिन्तलाई पनि चार वर्षे जेल सजाय तोकिएको हो । दुवै जनालाई एउटै आरोप लगाइएको छ । नोबेल पुरस्कार विजेता...