अमेरिकी सेनाद्वारा ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको दाबी
रासस / एपी
कार्तिक ६, २०७८ शनिबार
अमेरिकी सेनाले उत्तर–पश्चिमी सिरियामा शुक्रबार हवाई हमलामा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी मेजर जोन रिग्स्बीले एक विज्ञप्तिमा अब्दुल हमिद अल(मातार ड्रोन हमलामा मारिएको बताएका छन् ।