रुसको आक्रमणपछि १० लाख सर्वसाधारणले युक्रेन छोडे
रासस / एएनआई
फाल्गुन १९, २०७८ बिहीबार
क्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख सर्वसाधारण युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले बिहीबार जनाएको छ ।
आफ्नो ट्विटर ह्यान्डलमा यूएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेख्नुभएकाे छ, 'केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख सर्वसाधारण पलायन भएको देख्यौं ।