इजरायलमा संसदका लागि मतदान शुरु
रासस / एपी
भाद्र ३१, २०७६ मंगलवार
इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा एकै वर्षभित्र दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो ।
इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा हुनुहुन्छ । भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिनु भएका नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने विश्वासमा हुनुहुन्छ, तर...