कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा ‘हेर्दाहेर्दै’मा
गोरखापत्र अनलाइन
माघ १०, २०७८ सोमबार
सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ ।
सोमबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो ।
यसअघि माघ ७ गते पनि न्यायाधीशहरु भट्टराई, मल्ल र सुवेदीको पूर्ण इजलासले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको थियो ।