१४ सांसदका पद खारेजीसम्बन्धी रिटमा पेशी ताेकियाे
गोरखापत्र अनलाइन
पुष १२, २०७८ सोमबार
सर्वोच्च अदालतमा नेकपा एमालेले निष्कासन गरेको माधवकुमार नेपालसहित १४ सांसद, निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दाको सुनुवाइ आज हुने भएको छ । सर्वोच्चका न्यायाधीश तेजबहादर केसी र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाही सिफारिस गरेका १४ सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ हुन लागेको हो ।