सबै क्षेत्रमा जलविद्युत ऊर्जा पुर्याइन्छ : ऊर्जामन्त्री भुसाल
रासस
मंसिर २३, २०७८ बिहीबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताउनुभएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा आज उहाँले आम जनतामा विद्युतको पहुँच बढाउँदै सबै क्षेत्रमा विद्युतीय ऊर्जा पुर्याउने अभियानमा सहयोग गर्न सम्बन्धीत सबै पक्षसँग आग्रह गर्नुभयो ।
मन्त्री भुसालले भन्नुभयो, “उद्योग, कृषि, सिँचाइ, घरायसी प्रयोजनलगायत...