कांग्रेस गण्डकीको चुनावमा एक हजार १४६ मत खस्यो, आइतबार बिहान नतिजा
रासस
मंसिर १८, २०७८ शनिबार
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा एक हजार १४६ मत खसेको छ ।
प्रदेश अधिवेशनका लागि कूल एक हजार १६५ मतदाता रहेकामा एक हजार १४६ मत खसेको र १९ जना अनुपस्थित भएको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिनुभयो । निर्वाचनमा सभापतिमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीबीच प्रतिस्पर्धा छ ।