प्राकृतिक ‘लकडाउन’मा उपल्लो डोल्पा
रासस
बैशाख ७, २०७७ आईतवार
कोरोना भाइरस संक्रमण रोक्न भन्दै मुलुक नै बन्दाबन्दी (लकडाउन) गरिएका बेला उपल्लो डोल्पाका तीन गाउँपालिलाई प्रकृतिले बन्द बनाइदिएको छ । यहाँका शे–फोक्सुण्डो गाउँपालिका, बुद्धडोल्पो गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकामा बन्दाबन्दीका लागि प्रहरी प्रशासन लगाउनुपर्ने अवस्था छैन । तीन गाउँपालिकामा भारि हिमपात भएका कारण स्थानीयवासी एक गाउँबाट अर्को गाउँमा जान नसक्ने भएका छन् । यी सबै गाउँपालिका यार्सागुम्बालगायत...