आरोहण गरी फर्केका चिनियाँ आरोही रोकिए
गोरखापत्र अनलाइन
जेष्ठ २७, २०७८ बिहीबार
सगरमाथा लगायतका हिमालको आरोहण सम्पन्न गरी काठमाडौं फर्केका ५० बढी चिनियाँ आरोहीहरु स्वदेश फर्कन पाएका छैनन । चीन सरकारले उडान अनुमती नदिए पछि आरोहीहरु काठमाडौंमै विचल्लीमा परेका छन् ।
सेभेन समिट ट्रेकबाट आरोहण गर्न आएका १६ जना र ऐसियन ट्रेक, काइतु ट्रेक, सेभेनसमिट क्लव ट्रेक लगायतबाट गरी ५० बढी चीनियाँ आरोहीहरु स्वदेश फर्कन नपाए पछि काठमाडौंमै रोकिएका हुन् ।