पर्यटक उद्धार सेल गठन, बुधबार ११ जनाकाे उद्धार
गोरखापत्र अनलाइन
बैशाख २३, २०७८ बिहीबार
पदयात्रा तथा पर्वतारोहणका क्रममा रहेका पर्यटकहरु विचल्ली हुन नदिन सरकारले उद्धार समन्वयका लागि सञ्चार सेल गठन गरेको छ । गृह मन्त्रालयको निर्देशनमा नेपाला पर्यटन बोर्डले पर्यटकको उद्धारका लागि हटलाइन सम्पर्क नम्बर व्यवस्था गरी २४ सै घण्टा उद्धारमा समन्वय गर्ने जनाएको छ ।