logo
२०८१ बैशाख १४ शुक्रवार

किन दुख्छ ढाड ?

22 Mar

ढाड दुख्नु आम सर्वसाधारणको समस्या बनेको छ । नेपालीको दैनिकीसँगै ढाड दुख्ने समस्या बढेको देखिन्छ । पछिल्लो समय नेपालीको दैनिकी फेरिएसँगै ढाड दुख्ने समस्या बढ्दै गएको देखिन्छ । यो समस्या नेपालीको मात्र होइन । तर, पछिल्लो समय नेपालमा पनि ढाड दुख्ने समस्या बढी नै देखिन थालेको छ । लगभग ८० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कम्तिमा एकपल्ट ढाडको तल्लो भाग दुख्ने समस्याको सामना गरिरहेको अध्ययनले देखाएको छ । बाथ रोग विशेषज्ञ डाक्टर साकेत झाले ढाड दुख्ने समस्याले दैनिक कामकाजका बाधा पुर्याउने भएकाले समयमै निदान गर्नु आवश्यक रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनका लागि महिमा देवकोटा र मनोजरत्न शाहीले तयार पार्नुभएको दृश्य सामग्री

'मिर्गौलाको उपचार सम्भव छ’

22 Mar

नेपालमा पछिल्लो समय मिर्गौलाका बिरामीको संख्या बढ्दै गएको छ । विश्वमा हरेक ५ जना वयस्क व्यक्तिमध्ये एक जनामा मिर्गौलाको समस्या रहेको अध्यानले देखाएको छ । विश्व मिर्गौला दिवसको अवसरमा डा. विजय मानसिंह कटवालसँग सृजना खत्री, मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको दृश्य समाचार

संगीतदेखि मिस मङ्गाेल बन्न सफल पूर्व कुमारी

22 Mar

ललितपुरकी पूर्व कुमारी समिता बज्राचार्य विगतका कुमारी भन्दा भाग्यमानी हुनुहुन्छ । उहाँ कुमारी भएर पनि औपचारिक शिक्षा लिने तेस्रो कुमारी हुनुहुन्छ । उहाँ आठ वर्षको उमेरदेखि १२ वर्षसम्म कुमारी भएर बस्नुभएको थियो। सिर्जना खत्री, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्गले समिता बज्राचार्यसँग गर्नुभएकाे कुराकानीमा  आधारित रहेर तयार गरिएकाे दृश्य समाचार ।

याे महामारीले धेरै पाठ सिकाएकाे छ

14 Mar

नेपालमा पुस दोस्रो साताबाट सुरु भएको कोरोनाको तेस्रो लहरको ग्राफ दैनिक घट्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तीन दिनको तथ्याक हेर्ने हो भने संक्रमणदर एक सय भन्दा कम छ । माघ १४ गते करिब ९० हजारको हाराहारीमा सक्रिय संक्रमित रहेकोमा घटेर छ हजारमा झरेको छ । नेपालमा मात्र नभएर कोरोन संसारभर नै घटेको जनस्वास्थ्यविद् डा. केदारप्रसाद बराल बताउनुहुन्छ ।सिर्जन खत्री, दृश्यमा मनोजरत्न शाही /केशब गुरुङ्गले तयार गर्नु भएकाे दृश्य समाचार ।

रुस र युक्रेनबीचकाे युद्धले तेस्राे विश्वयुद्धमा परिणत हुने खतरा देख्दिन

05 Mar

रुस र युक्रेनबीचमा भएको सैन्य आक्रमण लामो समयसम्म जान नहुने भारतका लागि नेपालका पूर्व राजदूत एवम् विश्लेषक निलाम्बर आचार्यले बताउनुभएको छ । सार्वभौमसत्ता सम्पन्न देशमाथि रुसले आक्रमण गर्नु राम्रो कुरा नहुने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय नियम र मान्यताको रुसले पालना गर्नुपर्ने आचार्य बताउनुहुन्छ । विष्णु पाण्डे र दृश्यमा मनोजरत्न शाहीले तयार गर्नु भएकाे दृश्य समाचार

अभिषेककाे संघर्ष : युवा अबस्थामा दृष्टि गुमे पनि पढाइमा अब्बल

05 Mar

नेपाली समाजमा ‘जहाँ इच्छा त्यहाँ उपाए’, ‘खाने मुखलाई जुँगा’ले छेक्दैन जस्ता उखान प्रचलनमा छन् । चेन्ज फर चेन्ज अर्थात् परिवर्तन लागि परिवर्तन संजालका संस्थापक निर्देशक अभिषेक शाहीको जीवनसँग यिनै उखान मेल खान्छन् । युवा अवस्थामा दृिष्टि गुमाउनु भएका अभिषेक शाहीसँगकाे कुराकानीका आधारमा सिर्जना खत्री, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङले तयार गर्नु भएकाे दृश्य समाचार ।

लासा भाइरसकाे जाेखिम बढ्दै, सजगता जरूरी

03 Mar

विश्वलाई करीब साढेदुई वर्षदेखि कोरोना भाइरसको प्रकोपले त्रासित बनाएको छ । यो भाइरस कहिलेसम्म रहन्छ भन्ने विषयमा विश्वका वैज्ञानिककालागि चिन्ताको विषय बनेको छ । यो भाइरस मत्थर हुन नपाउँदै हालै बेलायतमा अर्काे लासा भाइरस देखापरेको छ । पश्चिम अफ्रिकाबाट फर्केका एकै परिवारका तीन जनामा लासा भाइरस पुष्टि भएको हो ।सिर्जना खत्री र दृश्यमा मनोजरत्न शाहीले डा.शेरबहादुर पुनसँगकाे कुराकानीमा तयार गर्नुभएकाे दृश्य समाचार

महाअभियाेग लागेपछि राजीनामा दिनु उपयुक्त बाटाे : प्रा.डा. विपिन अधिकारी

21 Feb

सत्ता गठबन्धनका तीन दलका ९८ जना सांसदद्धारा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरामाथि संसद सचिवालयमा महाअभियोगको प्रस्तव दर्ता गरेसँगै यसका निकासका विषयमा दलहरु छलफलमा जुटेका छन् । जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा निरन्तर अवरुद्ध छ । जबरामाथिको महाअभियोग संसदमा प्रवेश भएमा दुई तिहाई बहुमतले मात्र पारित हुनसक्छ । यसका लागि सरकारले प्रतिपक्षी लगायत सबै दलसँग समन्वय गर्नुपर्दछ । महाअभियाेग प्रक्रियाबारे सपना थामी, दृश्यमा मनोजरत्न शाही र केशव गुरुङले तयार गर्नु भएकाे दृश्य समाचार ।

पाँच पुस्ताले धानेकाे साइकल व्यापार

21 Feb

सन् १९२५ को समय नेपालमा राणा शासनको जगजगी थियो । विलासिताका सामान सुरुमा राणहरुलेनै प्रयोग गर्दथे । त्यतिबेला साइकल विलासिताकै सामानमा नपर्ने कुरै भएन । नेपालमा राणाहरुले दरबारमा साइकल भित्र्याएका थिए । बेलायतबाट काठमाडौँमा साइकल ल्याईएको थियो । राणा परिवारकै संगतमा रहेका कमलाछीका अष्टनारायण मानन्धरले पनि एक दिन राणाहरुको साइकल चढ्ने मौका पाउनुभयो ।गोविन्द रेग्मी, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्गले तयार गर्नु भएकाे दृश्य समाचार ।

नेपालमा अझै बिकास भएन स्की खेल

17 Feb

हिमालै हिमालका देश नेपालमा स्की खेलको सम्भावना प्रसस्त रहेको भए पनि यसको विकास हुन सकेको छैन । नेपाल जस्तो हिमालै हिमाल भएको क्षेत्रमा स्कीको सम्भावना धेरै रहेको पर्यटन व्यावसायी तथा नेपाल माउन्टेन एकेडेमीका बोर्ड सदस्य छिरिङ जाम्बु शेर्पाले बताउनुहुन्छ । सनम महर्जन, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्गले तयार गर्नु भएकाे दृश्य समाचार । दृश्य साैजन्य छिरिङ जाम्बु शेर्पा

समयमै पहिचान भए क्यान्सरको उपचार सम्भव छ

17 Feb

क्यान्सर दिवसको अवसर पारेर गोरखापत्र अनाइनलका लागि क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंसँग सिर्जना खत्री र मनोजरत्न शाही र केशब गुरुङ्गले गर्नुभएको कुराकानी 

यसरी बनाउँदै छ नेपाल औषधि लिमिटेडले पारा सिटामाेल

12 Feb

नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरससंक्रमणको तेस्रो लहरको तीब्रगतिमा फैलिएसँगै बजारमा पारासिटामोल अभाव देखिएको छ । नेपाल औषधि लिमिटेडले पारा सिटामाेल उत्पादनको काम सुचारु गरी शनिबारबाटै बजारमा पठाउन थालिसकेको छ । औषधि लिमिटेडसँग प्रतिदिन तीन लाख चक्कीभन्दा बढी सिटामोल उत्पादन गर्ने क्षमता रहेको छ । लिमिटेडका प्रवन्ध निर्देशक मोहम्मद सफिउल्लासँग गाेरखापत्र अनलाइनका लागि सिर्जना खत्री, मनाेजरत्न शाही केशब गुरूङ्ले तयार गर्नु भएकाे दृश्य समाचार ।

के हाे क्रिप्टोकरेन्सी ?

12 Feb

नेपाल लगायत विश्वका धेरै देशमा क्रिप्टोकरेन्सी प्रतिबन्धित छ तर कारोबार बढ्दो छ । क्रिप्टोकरेन्सी अभौतिक मुद्रा हो । जसको कुनै भौतिक अस्तित्व छैन । साथै यसको भुक्तानीको ग्यारन्टी नभएकाले नेपाल जस्ता देशमा यसबाट धेरै सोझासिधा मानिस ठगिन सक्ने पूर्व अर्थसचिब रामेश्वर खनालको भनाइ छ ।दीपा चाैधरी, दृश्यमा मनाेजरत्न शाही /केशब गुरूङ्गले तयार गर्नु भएकाे दृश्य समाचार

सर्वसाधारणले कहिले हेर्न पाउने धरहरा ?

05 Feb

जिमले फेरियाे रजनीकाे जीवन

30 Jan

बुष्टर डाेजमा कुन खोप लगाउने ?

25 Jan

ह्वात्तै बढेको कोराेना संक्रमण चाँडै ओरालो लाग्छ : डा. शेरबहादुर पुन

23 Jan

'डेल्टा र ओमिक्रान फैलिए भयावह रुप लिन सक्छ'

22 Jan

जापानकाे लाहुरे बन्न छाडेर बाख्रापालन

18 Jan

आमाको रहरले जसलाई बनायो फुटबलर

17 Jan