आरडीटी परीक्षणमा पोजिटिभ देखिएका सप्तरीका जमातीको स्वाब परीक्षणमा नेगेटिभ
गोरखापत्र अनलाइन ,
बैशाख ३, २०७७ बुधबार
र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ निवासी दुबैजना जमातीको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ निवासी ५१ वर्षीय र खडक नगरपालिका वडा नम्बर ११ निवासी ५८ वर्षीय पुरुषमा आरडिटीमा पोजिटिभ देखिएका २ जनाको पिसिआर परीक्षणमा नेगेटिभ आएको हो ।