निर्वाचन क्षेत्र विकासको रकम कोरोना रोकथाममा खर्च गर्न माग
रासस
बैशाख ५, २०७७ शुक्रबार
पोखरेलीहरूले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग गरेका छन् । राहत वितरणको अनुगमनका क्रममा पोखरा महानगरपालिकाको वडा नं १ र २ मा पुग्नुभएका गण्डकी प्रदेशसभा सदस्य रामजी बराल ‘जीवन’ सँगको छलफलमा स्थानीयवासीले सङ्क्रमण रोकथाम अहिलेको मुख्य अवश्यकता भएको बताएका हुन् ।