विपद्को साथी स्थानीय सरकार
रासस
चैत्र २९, २०७६ शनिबार
कैलालीका स्थानीय सरकारहरू कोरोना रोकथाम तथा नियन्त्रणमा लागिरहेका छन् । देश सङ्कटमा परेका बेला स्थानीय सरकारहरू अहिले जिल्लामा भारत तथा विदेशबाट फर्किएकाको लगत सङ्कलन गरी निगरानी कक्ष (क्वारेन्टाइन) मा राख्ने, विपद् व्यवस्थापन कोष स्थापना, विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउने, जनचेतना फैलाउनेलगायत कार्यमा सक्रियता देखाइरहेका छन् ।