विदेशबाट फर्केका सबैलाई एकान्तवासः औषधि र सुरक्षा भत्ता घरघरमै
रासस
चैत्र २७, २०७६ बिहीबार
विदेशबाट हालसम्म घर फर्किएका सबैको स्वास्थ्य परीक्षण गरी एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ महिनायता ४५१ जना विदेशबाट घर फर्किएकोे छन् । यसमध्ये चैत महिनामा मात्रै २५१ विदेशबाट घर फर्किएको पाइएको कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घर फर्केका सबैको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको छ, उनीहरुको स्थानीय स्वास्थ्यकर्मीले...