रगत सङ्कलन गर्न ‘मोबाइल अभियान’
रासस
चैत्र २१, २०७६ शुक्रबार
लकडाउनका कारण दाङमा रगतको अभाव देखिएपछि रक्तदानका लागि ‘मोबाइल अभियान’ शुरु गरिएको छ । अभियानअन्तर्गत जहाँबाट रक्तदाताको फोन आउँछ, त्यही स्थानमा गएर रगत सङ्कलन गरी बिरामीसम्म पु¥याइनेछ । रक्तसञ्चार सेवा केन्द्र, घोराहीका प्रमुख दिलीप न्यौपानेका जानकारीअनुसार बन्दका कारण रगत अभाव भइरहेको र त्यसलाई पूर्ति गर्न सामाजिक अभियन्ताको सहयोगमा ‘मोबाइल अभियान’ शुरु गरिएको हो ।