चैत २ गते भारत गएका थिए कञ्चनपुरका संक्रमित
गोरखापत्र अनलाइन ,
चैत्र २२, २०७६ शनिबार
कञ्चनपुरका संक्रमित यही चैत २ गते मात्रै भारत गएका थिए । कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुगेका उनीसहितका १३ भारतमा लक डाउन भएपछि नेपाल आएका थिए ।
१३ गते उनी भारतबाट आएर १४ गते सीमामा पुगे । उनीहरु ब्रहमदेव क्षेत्र भीमदत्त नगरपालिकाको ‐९ मटेनाबाट सीमा छलेर नेपाल आएका थिए । तर सशस्त्र प्रहरीले भेटेपछि नियन्त्रणमा लिएर बेदकोट नगरपालिकाको सडकमा छोडेका थिए...