गाउँतिर चहलपहल शहरमा सुनसान
रासस
चैत्र ११, २०७६ मंगलवार
केही दिन यतादेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका गाउँ वस्तीमा निकै चहल पहल बढेको छ । युवा तथा परदेश गएका युवाहरु धमाधम गाउँघर फर्किएपछि यहाँका गाउँवस्तीहरु भरिभराउ देखिएका छन् । यता गाउँघरमा चहलपहल बढेपनि यहाँका प्रमुख बजार भने करिब सुनसान अवस्थामा रहेका छन् । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण हुन नदिन आजबाट देशैभरि ‘लकडाउन’ गरेपछि जिल्ला सदरमुकाम सिलगढी, पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुर...