आगामी मनसुनमा पूर्व र मध्य क्षेत्रका उत्तरी भेगमा बढी वर्षा हुने
रासस
बैशाख १७, २०७७ बुधबार
आगामी मनुसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म) मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ । साथै क्षेत्रगतरूपमा नेपालका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ । यद्यपि प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ५० प्रतिशतभन्दा बढी रहेको छ भने अन्य भूभागहरुमा त्यो भन्दा कम वर्षा हुने सम्भावना रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको...