भूकम्प अतिप्रभावित १४ जिल्लामा पुनःनिर्माणमा सदाचार कार्यक्रम
रासस
बैशाख १६, २०७७ मंगलवार
पुनःनिर्माणमा पारदर्शिता कायम गर्न चार वर्षदेखि ‘भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार’ कार्यक्रम जारी रहेको छ । भूकम्प अतिप्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा नीति–निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) नेपालले विसं २०७३ देखि सञ्चालन...