आरडिटी किट र भिटिएम अभाव, कोरोना परीक्षण स्थगित
रासस
बैशाख ११, २०७७ बिहीबार
सप्तरीमा -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो । किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन सकिराखेको छैन् । मागअनुसार किट प्राप्त नभएपछि उनीहरुको कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।