मन बलियो बनाउने, खानपानमा ख्याल गर्ने हो रोगसँग लड्न सकिन्छ
रासस
बैशाख ६, २०७७ शनिबार
“बाबुलाई नि धन्यवाद छ, आमाको”, उहाँले कुराकानीको बिट मार्नुभयो । लाग्यो, उहाँ अस्पतालको श्ययाबाट बोल्दै हुनुहुन्थ्यो । विनम्र र ठेट शैलीमा गफिने बानीले त झन् बिरामीको छनकै दिन्नथ्यो ।
“जाती नै छु बा, स्वास्थ्य ठिक छ”, पहिलो जवाफमै उहाँ दृढ सुनिनुभयो, “रोग जित्न आत्मबल चाहिने रहेछ ।” कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया उहाँ चाँडै अस्पतालबाट घर फर्कनेमा निश्चिन्त हुनुहुन्छ । बिहीबार तेस्रोपटक...