परीक्षण तीव्र बनाउन मुख्यमन्त्रीको निर्देशन
रासस
बैशाख ६, २०७७ शनिबार
मुख्यमन्त्री शङ्कर पोखरेलले भैरहवा, दाङ र नेपालगञ्जका प्रयोगशालामा कोरोना भाइरस परीक्षणको गति तीव्र बनाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चार कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री, प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहितको प्रगति समीक्षा बैठकमा उहाँले भैरहवाको प्रयोगशालामा...