कोरोना भाइरसबारे सभामुख, अध्यक्ष र कानूनमन्त्रीबीच छलफल
रासस
चैत्र ३०, २०७६ आईतवार
सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरु र सङ्घीय संसद्ले खेल्न सक्ने भूमिकाका विषयमा केन्द्रित रहेको सभामुखको सचिवालयले जनाएको छ ।