चिकित्सक, सुरक्षाकर्मी र पत्रकारका लागि प्रदेश सरकारको बीमा
रासस
चैत्र ३०, २०७६ आईतवार
कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने सुदूरपश्चिम प्रदेशका चिकित्सक, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि प्रदेश सरकारले जीवन बीमा शुरु गरेको छ । प्रदेश सरकारको बैठकले प्रदेशभित्रका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारका लागि जनही रु १५ लाखको बीमा गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।