कोरोना कहर : एक्लै एक्लै चैतेदशैँ मनाइदैं !
रासस
चैत्र १९, २०७६ बुधबार
कर्णाली क्षेत्रमा विशेष गरेर मनाइने चैतेदशैँको रौनक कोरोना भाइरसको जोखिमका कारण यस पटक सेलाएको छ । जाजरकोट, डोल्पा र कर्णाली प्रदेशका सबै जिल्लामा धुमधामका साथ मनाउने चैतेदशैँलाई परम्परालाई निरन्तरता दिने र नयाँ पिढीँलाई संस्कृति हस्तान्तरण गरी परिचित गराउने अवसरका रुपमा समेत लिइन्छ । चैतेदशँै सबैभन्दा बढी उपल्लो डोल्पा, हुम्ला र मुगु जिल्लामा बनाउइन्छ ।