११३ घरलाई खाद्यान्य वितरण
रासस
चैत्र २०, २०७६ बिहीबार
कलैया उपमहानगरपालिका–४ मा बुधबार ११३ घरलाई खाद्यान्य वितरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणसँगै जिल्लामा भएको लकडाउनले मजदुरी गर्ने व्यक्ति, दलित र अति विपन्न वर्गलाई जीवनयापन गर्न अप्ठ्यारो भएकाले सात दिनका लागि वडामा रहेका ११३ घरलाई चामल, दाल, आलु, नुन र साबुन प्रदान गरिएको वडाध्यक्ष जटाशङ्कर सहनीले जानकारी दिनुभयो ।