एमसिसी प्रस्तावका विषयमा गम्भीर ढङ्गले बहस हुँदै – सभामुख
रासस
चैत्र ३, २०७६ सोमबार
सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको टिप्पणी गर्नुभएको छ । सिंदरबारमा आज पत्रकारसँगको अनौपचारिक भेटघाटमा उहाँले एमसिसी प्रस्तावका विषयमा गम्भीर ढङ्गले बहस भइरहेको बताउनुभयो ।
“एमसिसी बहसमै छ, कोभिड–१९ का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ”, उहाँले भन्नुभयो, “दलहरुभित्र पनि छलफल भइरहेको छ, पारित गर्ने अवस्था आएपछि...