चाेभारमा सबस्टेशन निर्माण हुने
रासस
चैत्र २, २०७६ आईतवार
दुई दशकअघि शुरु भए पनि हालसम्म सम्पन्न हुन नसकेका चोभार–खोकना–चापागाउँ प्रसारण लाइन निर्माणसम्पन्न गर्न सरकारले पहल थालेको छ । भक्तपुरमा विद्युत् उपलब्ध गराउने वैकल्पिक १३२ केभी क्षमताको सो प्रसारण लाइन निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच आज छलफल भएको छ ।