महाशिवरात्रिका सामग्री, राष्ट्रपतिद्वारा सङ्कल्प
रासस
फाल्गुन ७, २०७६ बुधबार
राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउनु हुने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गर्नुभएको छ । प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानबाट पशुपतिनाथमा आउने साधुको बिदाइमा दिइने सामग्री एकादशीका दिन बिहान सङ्कल्प गर्ने परम्परा छ । सङ्कल्पमा लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणा समावेश गरिएको गुठी...