logo
२०८१ मंसिर १४ शुक्रवार



अङ्गीकृत नागरिकता एकसय ७५ ले लिए

प्रदेश |


अङ्गीकृत नागरिकता एकसय ७५ ले लिए


तुलसीपुर, फागुन ८ गते ।  नयाँ संविधान विस २०७२ मा जारी भएपछि दाङजिल्लाबाट १७५ ले अङ्गीकृत नागरिकता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा भूपेन्द्र सिंह थापाका अनुसार आर्थिक वर्ष २०७२/७३ मा २६, २०७३/७४ मा २१, २०७४/७५ मा ३३, २०७५/७६ मा ३७ र चालु वर्षको हालसम्म ५८ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । अङ्गीकृत नागरिकता लिने अधिकांशमा नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको उहाँले जानकारी दिनुभयो ।
संविधानमा वंशज, अङ्गीकृत र आवासीय गरी तीन प्रकारले नागरिकता पाउन सकिने व्यवस्था छ । यसैगरी अङ्गीकृत नागरिकता वैवाहिक र जन्मको आधारमा दिइने प्रावधान रहेको जनाइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?